स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा सेवामा थप व्यवस्थितता ल्याउने उद्देश्यले प्रेषण गर्दा अनिवार्य रूपमाअनुसूची–९ को प्रयोग गर्न निर्देशन दिएको छ।
बोर्डले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बिमा नियमावली २०७५ को नियम २० को उपनियम २ अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामी प्रेषण गर्दा निर्धारित फारामको प्रयोग गर्नुपर्ने जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८३ १७:०६ शुक्रबार





