१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

फाइल।

जापानको दक्षिणपश्चिम क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९:१९ बजे गएको हो।

जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ।

स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित: २९ पुस २०८१ १८:५४ सोमबार