१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२१ भारतीय तीर्थयात्रीलाई स्वागत गर्दै जयशंकर भने : नेपाल सरकार र सेनालाई धन्यवाद

भारतीय विदेशमन्त्री एस. जयशंकरले भोटेकोशीमा आएको बाढीबाट उद्धार गरिएका २१ भारतीय तीर्थयात्रीलाई भारतमा स्वागत गर्दै नेपाल सरकार र सेनालाई धन्यवाद दिएका छन्।

शुक्रबार भारत फर्किएका तीर्थयात्रीलाई स्वागत गर्दै जयशंकरले उनीहरूको अनुभव प्रत्यक्ष सुन्दा भावुक भएको बताए।

‘नेपालमा आएको बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ तीर्थयात्रीको समूहलाई स्वागत गरेँ। उनीहरूको अनुभव प्रत्यक्ष सुन्दा भावुक भएँ। यो उद्धार प्रयासका लागि नेपाली सेना र नेपाल सरकारलाई धन्यवाद। भारत फर्किन सहज बनाएकोमा नेपालस्थित भारतीय दूतावासले गरेको सहजीकरणको पनि कदर गर्छु,’ उनले एक्समा लेखेका छन्।

भोटेकोशीमा बुधबार अचानक आएको बाढीमा परेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको थियो। सरकारले बाढीपछि ८५ भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ।
 

प्रकाशित: १२ भाद्र २०८३ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App