१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

बाढी प्रभावितका लागि पद्म ज्योति समूहले दियो एक करोड

भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।

समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रु. १ करोड कोषमा जम्मा गरेको जनाएको छ।

पद्म ज्योति समूहले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित सबैप्रति गहिरो समवेदना प्रकट गरेको छ।

समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायको शीघ्र पुनर्स्थापना होस् भन्ने कामनासमेत गरेको छ।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि पछिल्लो समय विभिन्न संघसंस्था तथा निजी क्षेत्रले राहत र उद्धारका लागि सहयोग घोषणा गरिरहेका छन्।

 

प्रकाशित: १२ भाद्र २०८३ १८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App