२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा कुपोषण 'खतरनाक स्तर'मा पुगेको डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण 'खतरनाक स्तर' मा पुगेको र तीव्र गतिमा बढिरहेको चेतावनी दिएको छ।

गाजामा फेरि सहायता सामग्री हवाईमार्फत खसाल्न थालेको बेला डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो।

जोर्डनले संयुक्त अरब इमिरेट्स (युएई) सँगको सहकार्यमा आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ।

यसैबीच, इजरायलले गाजाका केही भागहरूमा दैनिक १० घण्टा सैन्य कारबाही बन्द गर्ने र संयुक्त राष्ट्र संघलाई राहत सामग्री पठाउनको लागि एउटा कोरिडोर खोल्ने बताएको छ।

इजरायलले 'जानाजानी भोकमरीको झूटो दाबीलाई खण्डन गर्न' यो गरिरहेको बताएको छ। साथै, हमासले यो विषयलाई 'आफ्नो छवि बिगार्ने' आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले आइतबार इजरायलले केही यात्रा प्रतिबन्धहरू खुकुलो पारेको बताएका छन्।

रोयटर्सका अनुसार फ्लेचरले प्रारम्भिक रिपोर्टहरूले गाजामा सहायता बोकेका १०० भन्दा बढी ट्रक आइपुगेको संकेत गरेको बताए। एजेन्सी

प्रकाशित: १२ श्रावण २०८२ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App