पश्चिम अफ्रिकी देश नाइजरमा मंगलबार भएको आतंकवादी आक्रमणमा दुई भारतीय नागरिकको मृत्यु भएको छ।
नाइजरस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी गराएको हो। दूतावासले भनेको छ, ‘जुलाई १५ मा नाइजरको दोस्सो क्षेत्रमा भएको आतंकवादी हमलामा दुई भारतीय नागरिकको मृत्यु भएको छ र एक भारतीय नागरिकलाई अपहरण गरिएको छ।’
भारतीय दूतावासले नाइजरमा रहेका सबै भारतीयलाई सतर्क रहन सुझाव दिएको छ।
दूतावासले थप भनेको छ, ‘शवहरू भारत फिर्ता पठाउन र अपहरणमा परेका नागरिकको सुरक्षित रिहाइ सुनिश्चित गर्न दूतावास स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छ। नाइजरमा रहेका सबै भारतीयलाई सतर्क रहन सल्लाह दिइन्छ।’ एजेन्सी
प्रकाशित: ३ श्रावण २०८२ १३:५२ शनिबार





