२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा साउदी युवराजलाई ह्वाइट हाउसमा स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई ह्वाइट हाउसमा भव्य स्वागत गरेका छन्। सात वर्षपछि पहिलो पटक अमेरिका पुगेका युवराजलाई ट्रम्पले ‘मध्यपूर्वको अपरिहार्य शक्ति’ र ‘असल साथी’ भनेका छन्।  

दुवै नेताबीच एक खर्ब डलर बराबरको ठूलो आर्थिक तथा रक्षा सम्झौता भएको छ। यसमा नागरिक आणविक ऊर्जा सहकार्य र ४८ वटा एफ-३५ लडाकु विमान बिक्रीको सम्झौता मुख्य छन्। ट्रम्पले साउदीलाई ‘प्रमुख गैर-नेटो सहयोगी’ घोषणा गर्दै भने, ‘मलाई विश्वास छ कि दुवै देशले उच्च गुणस्तरका हतियार प्राप्त गर्नुपर्छ। हामी यो सम्झौतालाई अन्तिम रूप दिनेछौँ।’  

साउदीले अमेरिकामा ६ सय अर्ब डलर लगानी गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ। तर अमेरिकी सुरक्षा निकायहरूले एफ-३५ को अत्याधुनिक प्रविधि चीनले प्राप्त गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। साउदी र चीनबीच पछिल्लो समय रक्षा सहकार्य र संयुक्त नौसेना अभ्यास भइसकेको छ।  

यो भ्रमणले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने देखिएको छ। एजेन्सी

प्रकाशित: ३ मंसिर २०८२ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App