नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताएका छन् ।
शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए।
‘देशमा फेरि एक पटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो, आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन’, उनले भने ।
अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए । यो लोकतन्त्र माथिको उपहास भएको उनको दाबी छ । असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने ओलीको धारणा छ ।
ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गरे । उनले भने, ‘फेरी पनि आगो लगाएर सरकार बनाउने, फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ।’
सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए। सो आयोग जनतालाई झुक्क्याउने बुख्याचा भएको बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिए ।
आफूभन्दा साढे ३ महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै ओलीले प्रश्न गरे । उनले भने, ‘जान्नु न सुन्न, चुनाव लड्नु न होर्नु, कताको सरकार ?’
ओलीले अहिलेको सरकार अनाडी सरकार भएको बताउँदै सरकारले विभिन्न अनधिकृत काम गरिरहेको बताए ।
प्रकाशित: २० मंसिर २०८२ १६:०२ शनिबार





