नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशमा एमाले बाहेकको सत्ता गठनबन्धन बन्ने दावी गरेका छन् । मधेसमा बनेको नयाँ सत्ता समीकरणको बाछिटा अन्य प्रदेशमा पनि पुग्ने दाबी उनको छ ।
मधेस प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेस प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको दावी गरे । उनले अब नयाँ समीकरण सबैतिर देखिने बताए । सम्बोधनका क्रममा प्रचण्डले भने, ‘मधेसबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिन्छ । मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ।’
जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको उनले दावी गरे । अब एमालेमा विद्रोह गर्ने सबै नेपाली कम्युनिष्ट पार्टीमा जोडिने पनि उनले दावी गरे ।
प्रकाशित: २० मंसिर २०८२ १६:३२ शनिबार





