२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको घूस खाएर युक्रेनलाई गाली गर्ने पूर्वसांसदलाई १० वर्ष जेल

युरोपेली संसदमा रुसको पक्षमा भाषण गर्न घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्ष जेल सजाय सुनाइएको छ।

गिलले एक रुसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो घूस लिएर लन्डनको ओल्ड बेली अदालतमा लिखित बयान दिएका थिए र टेलिभिजनमा पनि त्यही कुरा दोहोर्‍याएका थिए। उनको बयानले युक्रेनमा निर्वाचित राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेको थियो।

१० वर्ष ६ महिना जेल सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले भने, ‘उहाँले ‘महत्त्वपूर्ण अधिकार र विश्वासको पदको दुरुपयोग गर्नुभएको ठहर गरिएको छ।’

न्यायाधीशले थपे, ‘तपाईँले विदेशी नागरिकहरूबाट भुक्तानी स्वीकार गर्नुभएको, उनीहरूको आदेशमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा बयान दिनुभएको, आफ्नै भनेर लिखित सामग्री प्रयोग गर्नुभएको र अन्य सांसदलाई समेत जोड्ने योजना बनाउनुभएको ठहर भएको छ।’

गिल सन् २०१४ देखि २०२० सम्म युरोपेली सांसद थिए। सन् २०१८–२०१९ मा युक्रेनी राजनीतिज्ञ ओलेग वोलोसिनबाट आठ पटक घूस लिएको प्रमाणित भएको छ। उनले झन्डै ४० हजार पाउन्ड घूस बुझेका थिए।

अभियोजन पक्षकी बेथान डेभिडले भनेकी छिन्, ‘यो मुद्दाले लोकतान्त्रिक निष्ठाको मुटुमा प्रहार गर्दछ,’ सुरक्षा मन्त्री डान जार्भिसले फैसलापछि भने, ‘यो कदम ‘हाम्रो देश, हाम्रो जनता र हाम्रो राष्ट्रिय सुरक्षाप्रतिको विश्वासघात’ हो।’

प्रकाशित: ६ मंसिर २०८२ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App