२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

प्रतिष्ठाको लडाइँ: चितवनले टस जितेर ब्याटिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ।

पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवनका कप्तान कुशल मल्ले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल दिउँसो ३:३० बजे सुरु हुँदैछ।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा सुरक्षित भएसँगै ४–४ अंकमा रहेका पोखरा एभेन्जर्स र चितवन राइनोज प्रतियोगिताको प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिइसकेका छन्।

अंक तालिकामा पोखरा पाँचौं र चितवन छैठौं स्थानमा रहेका छन्। लिग चरणका आफ्ना अन्तिम खेलहरू खेलिरहेका दुवै टोली आजको खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा मैदान उत्रिनेछन्।

आजको नतिजाले शीर्ष चारको समीकरणमा भने कुनै प्रभाव पार्ने छैन।

प्रकाशित: २० मंसिर २०८२ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App