प्रदर्शन बढ्दै गएपछि संयमता अपनाउन प्रम मोदीको आग्रह
राजधानी दिल्लीमा सोमबार आयोजित प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा कम्तीमा ५० जना घाइते भएका छन्।
राजधानी दिल्लीमा सोमबार आयोजित प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा कम्तीमा ५० जना घाइते भएका छन्।
१५ लाख ऋण र १० एकड जमिन भाडामा लिए। २० एकड जमिनमा प्याज खेती सुरु गरे। संयोग पनि उस्तै पर्यो त्यही बेला प्याजको मूल्य आकासियो। र छोटो समयमै उनी करोडपति बने।
आइतबार साँझ जामिया मिल्लिया इस्लामिया विश्विद्यालयसँगै रहेको जुलेना र मथुरा रोडमा नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीले केही बसमा आगो लगाइदिए।
देशको दुवै सदनबाट पारित नागरिकता संशोधन विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोवास गर्ने हिन्दू, इसाई, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रूपमा हेरिएको छ।
फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए।
चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ।
उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन ‘महत्वपूर्ण परीक्षण’ सम्पन्न गरेको राज्य संचालित मिडियाबाट सार्वजनिक गरिएको रिपोर्टमा जनाइएको छ। उत्तर कारियाली सरकारका एकजना प्रवक्ताले केसिएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रबार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा उक्त परीक्षण गरिएको थियो। यद्यपि उनले यस विषयमा थप विवरण भने दिएनन्।
भारत सरकारले ल्याएको विवादित नागरिकता संशोधन विधेयकविरुद्ध पश्चिम बंगाल राज्यमा पनि प्रदर्शन भएको छ। प्रदर्शनको दोस्रो दिन शनिबार कोलकातामा प्रदर्शनकारीले सडक अवरुद्ध गरे भने सडकमा गुडेका सवारीसाधनमाथि तोडफोडसमेत गरे।
अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजिद ताबुनले वार्तामा आउन सवैलाई आह्वान गरेका छन्। असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उनले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गरेको समाचारमा जनाइएको छ। उनले वार्तामार्फत् आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आफू सधैँ तयार रहेको पनि स्पष्ट पारेका छन्।
अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स (आइएस) समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन्।
सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ। उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो।
कांग्रेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आव्हान गरिएको एक र्यालीमा आफ्नो 'रेप इन इन्डिया' विषयक भनाईबारे आफुले माफी नमाग्ने बताएका छन्।
टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्।
अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ।
६ सय ५० सिट रहेको संसद्मा कन्जर्भेटिभ पार्टीले ३ सय ६४ सिटमा जित हासिल गरेको छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनकाे दलले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेकाे छ।
बेलायतमा विहिबार भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।
बेलायतमा पाँच वर्षको अवधिमा तेस्रोपटक आमनिर्वाचन भएको छ। आमनिर्वाचनअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको छ। यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो। बेलायतमा सामान्यतया चार वा पाँच वर्ष अवधिमा आमनिर्वाचन हुने गर्छ।
बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।
भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयक पारित हुनु देशको संवैधानिक इतिहासकाको कालो दिन भएको बताएकी छन्। उनले भाजपाको यस्तो विभाजनकारी एजेण्डाविरुद्ध कंग्रेसले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिइन्।
भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध जारी छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चकिएको हो। विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो।
पाकिस्तानको लाहोरमा वकिलको एक समूहले अस्पतालमा तोडफोड गरेको छ। यस हमलामा केही विरामीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।
प्रशिद्ध टाइम म्यागेजिनले जलवायु परिवर्तनकी अभियान्ता ग्रेटा थनवर्गलाई वर्ष व्यक्ति घोषणा गरेको छ। १६ वर्षिया स्वीडिस बालिका ग्रेटाले जलवायु परिवर्तनका असरबारे अभियान चलाउँदै आएकी छन्। टाइम पत्रिकारले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आइरहेको छ।