मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु
सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ।
सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ।
चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ।
अहिले फिनिस प्रधानमन्त्री साना मारियाले विश्वकै ध्यान खिचिरहेकी छन्। सामाजिक संजालदेखि समाचारको पंतिहरुमा उनको नाम छाएको छ। छोटो समयमै राजनीतिमा स्थापित बनेकी उनले जलवायु, कार्वन उत्सर्जन, मजदुरका समस्या लगायतका विषयमा आवाज उठाउँदै आएकी छन्।
फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।
उनले अक्सिजनको मात्रा कमि भइरहेको क्षेत्रमा ग्रीनहाउसबाट निस्किने ग्यासमा रोक लगाउनुपर्ने बताए। यसका साथै खेतबाट तथा कलकारखानाबाट निस्कने प्रदुषणमा पनि नियन्त्रण गर्नुपर्ने उनको सुझाव रहेको छ।
युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रूपमा चित्रण गर्ने कोशिस गरेका थिए ।
भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।
अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ। अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन्।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन्।
फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ।
एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगोे लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। भारतको हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको इकाउन्टरमा मृत्यु भएको शुक्रबार बिहानै इन्काउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।
भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ।
अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ।
समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ।
भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।
अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।
राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको देशको तल्लो सदनको गुप्तचरसम्बन्धी विषय हेर्ने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
फिलिपिन्समा गत सोमबारबाट सुरु भएको आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। ‘कामुरी’ नामको सो आँधीबाट हजारौंको संख्यामा रहेका स्थानीयवासी विस्थापित पनि भएको फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा)ले बताएको छ।
राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनका लागि अग्रसरता देखाउन संयुक्त राज्य अमेरिकासमक्ष पटक पटक आग्रह गरिरहेका छन्।
प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अफगानिस्तानको जलालाबाद सहरमा एउटा सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएको बताइएको छ। यस विषयको पूर्णविवरण भने आएको छैन।
फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ।
गुगलका सहसंस्थापकहरू ल्यारी पेज र सर्गे ब्रिनले गुगलको मातृ कम्पनी अल्फाबेटको उच्च पदमा आफूहरू नरहने घोषणा गरेका छन्।