coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

को हुन् विश्वकै कान्छी प्रधानमन्त्री साना मारिया ?

फिनल्यान्ड- अहिले फिनिस प्रधानमन्त्री साना मारियाले विश्वकै ध्यान खिचिरहेकी छन्। सामाजिक संजालदेखि समाचारको पंतिहरुमा उनको नाम छाएको छ। छोटो समयमै राजनीतिमा स्थापित बनेकी उनले जलवायु, कार्वन उत्सर्जन, मजदुरका समस्या लगायतका विषयमा आवाज उठाउँदै आएकी छन्।

विश्वकै कान्छी प्रधानमन्त्री मारिया २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सिल प्रमुख बनेकी थिइन्। सोसल डेमोक्रेटिक पार्टीको राजनीतिबाट छिट्टै आफुलाई स्थापित गरेकी उनी सन् २०१५ मा संसद सदस्य बनेकी थिइन्।

फिनल्यान्डका औधोगिक क्षेत्रमा भइरहेको हड्तालका कारण प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिए पछि मारियालाई प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्। यस अघि उनी यातायात तथा संचारमन्त्री थिइन्।

३४ वर्षकी मारिया २२ महिने छोरीकी आमा समेत हुन्। 'रेन्वो फेमिली' की मारिया आफ्नी आमासँग भाडाको अपर्टमेन्टमा बस्दै आएकी छन्। उनले भनेकी छन् 'मेरी आमाले मेरा हरेक चाहनाहरु पुरा गरिदिनु भयो। उहाले मेरा हर कदममा समर्थन गर्नुभयो।'

उनी आफ्नो परिवारबाट विश्वविद्यालयमा पाइला टेक्ने पहिलो व्यक्ति भएको बीबीसीले उल्लेख गरेको छ। उनले सन् २०१२ मा टाम्पेरे विश्वविद्यालयबाट प्रशासनिक विज्ञानमा स्नातक पूरा गरेकी थिइन्।

सन् १९८५ नोभेम्बर १६ मा हेल्सिन्कीमा जन्मेकी मरिनले केही वर्ष इस्पूर र पिरकालामा बिताएकी थिइन्। हाल उनी टाम्पेरेमा बस्छिन्।

 

प्रकाशित: २४ मंसिर २०७६ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App