coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा पनि ओमिक्रोन भेरिएन्टको पहिलो सङ्क्रमित भेटियो

इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा)ले आइतबार समाचार सम्प्रेषण गरेको छ।

सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ। एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले दुवै मात्रा खोप लगाएका थिए।

आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ,‘दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा शुरू गरिएको छ।’ मिलानस्थित साक्को अस्पतालमा परीक्षणपछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो। बिरामी र उनका परिवार सबै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको र अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको आइतबार इटालीको नेशनल इन्स्टिच्यूट अफ हेल्थले जानकारी गराएको छ।

प्रकाशित: १२ मंसिर २०७८ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App