९ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजीव खत्री, माधव नेपाल र रेशम चौधरीसहित पाँचजना उम्मेदवारविरुद्ध उजुरी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगले बुधबार विभिन्न जिल्लाका उम्मेदवारविरुद्ध दाबी विरोध दर्ता भएको जानकारी दिएको हो।  

आयोगका अनुसार भक्तपुर निर्वाचन क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी परेको छ।

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापा, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपाका उम्मेदवार माधवकुमार नेपाल तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी दर्ता भएको आयोगको बताएको छ। 

प्रकाशित: ८ माघ २०८२ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App