१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

सत्ता छाड्दिनँ भन्ने ट्रम्पले जनवरी २० मा थाहा पाउँछन् : बाइडेन

बाइडेन

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित भएर पनि सत्ता छाड्दिनँ भन्नुलाई नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ‘लाजमर्दाे कुरा’को संज्ञा दिएका छन्।  

राष्ट्रपति चुनाव जितेपछि बाइडेनलाई ट्रम्पले हार स्वीकार नगरेको विषयमा प्रश्न गर्दा उनले यसले राष्ट्रपतिको इज्जतमै दाग लाग्ने काम गरेको टिप्पणी गरेका हुन्।  

‘यो लज्जास्पद विषय हो, म यसलाई कसरी भनौं,’ केही बेर रोकिँदै बाइडेनले भने, ‘यसले राष्ट्रपतिको मर्यादालाई कायम राख्दैन।’

उनले राष्ट्रपति ट्रम्पलाई यो कुरोका बोध आगामी जनवरी २० तारिखका दिन हुने चेतावनी पनि दिएका छन्।  

बिबिसीका अनुसार बाइडेनले भनेका छन्, ‘मलाई लाग्छ- यी सबै कुराको बोध जनवरी २० तारिखमा हुनेछ।’ 

अमेरिकामा नयाँ राष्ट्रपतिले जनवरी २० का दिन ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)  काे जिम्मेवारी सम्हाल्ने परम्परा छ। 

ट्रम्पलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा बाइडनले भने, ‘राष्ट्रपतिज्यू म तपाईंसँग कुरा गर्न उत्सुक छु।’

यो पनि पढ्नुहोस्

बाइडेन विजयी भए पनि ट्रम्पले सत्ता छाडेनन् भने के होला?

प्रकाशित: २६ कार्तिक २०७७ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App