१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाको चपेटामा उत्तर प्रदेश सरकार : ९ मन्त्री संक्रमित, दुईको मृत्यु

अतुल गर्ग

भारतको उत्तर प्रदेश सरकारका अर्का एक मन्त्रीलाई कोरोना संक्रमण भएको छ ।  

योगी आदित्यनाथ सरकारका स्वास्थ्य राज्यमन्त्री अतुल गर्ग कोरोनाबाट संक्रमित भएका हुन् । उनी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।  

उनका अनुसार यही अगस्ट १५ मा आरटिपिसिआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । तर सोमबार पुनः जाँच गर्दा कोरोना पोजिटिभ आएको हो ।  

यसअघि योगी सरकारका ८ मन्त्रीलाई कोरोना संक्रमण भइसकेको बिबिसी हिन्दीले लेखेको छ ।  तीमध्ये दुई मन्त्री कमल रानी वरुण र चेतन चौहानको त मृत्यु भइसकेको छ ।  

भाजपाका प्रदेश अध्यक्ष स्वतन्त्रदेव सिंह पनि यसअघि नै कोरोना संक्रमित भइसकेका छन् ।  

भारतमा अहिलेसम्म २७ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने तीमध्ये ५२ हजार बिरामीको मृत्यु भइसकेको बिबिसी हिन्दीले जनाएको छ ।  

प्रकाशित: २ भाद्र २०७७ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App