७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ। दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ।

मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्याङ्कमा १० हजार ५६ ले घटेको हो। उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७७१ ले घटेको छ। कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसङ्ख्या केही घटेको थियो भने एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो।

तथ्याङ्कका अनुसार जनसङ्ख्या घट्नुको कारण कोरोनाका कारण भने न्यून विन्दुमा देखिएको छ। कोरोना भाइरस सङ्क्रमणका कारण कोरियामा २७१ जनाको मात्र मृत्यु भएको छ।

स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने
कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँ स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ।

सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशआज्ञा लिनुपर्नेछ। यहाँको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो।

मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्ने जनाइएको छ।  रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए/नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ। रिपोर्ट कोरियन वा अङ्ग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान छ।

तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने भिसाको लागि यो नियम लागू नहुने जनाइएको छ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App