coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानाडाको सैनिक विमान दुर्घटनाग्रस्त

क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।  

सिबिसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ ।  

प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवाशीय क्षेत्रमा खसेको बताएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताएका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App