८ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालले अमेरिकालाई हरायो

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि आजको अभ्यास खेलमा नेपालले  अमेरिकालाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको हो। मुलपानीस्थित माथिल्लो क्रिकेट रंगशालामा अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाइन्। पूजा महतोले पनिअविजित ४३ रन बनाइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। अमेरिकाका लागि एला क्लारिजले ३९ रन बनाएकी थिइन । नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिइन्।

प्रकाशित: २७ पुस २०८२ १९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App