राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाबाहेक इलाम, पाँचथर र ताप्लेजुङमा पनि आफ्ना दलका उम्मेदवारहरुको समर्थनमा प्रचारप्रसारमा साथ दिएका छन् ।
बिहीबार बालेन इलामका इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम २ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजार क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी भए ।
उनले पाँचथरको फिदिममा पनि रास्वपाका समर्थकहरुसँग भेटघाट गरेका छन् भने चुनावी प्रचारप्रसारमा पनि सहभागी भएका छन् ।
उनले बिहीबार नै ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । बालेन आफैं भने झापा- ५ का उम्मेदवार हुन् ।















तस्बिर: बालेनको सचिवालय
प्रकाशित: ८ माघ २०८२ १२:५० बिहीबार





