८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

राजधानी बग्दादमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी इराकी जनता। तस्बिर : एजेन्सी

वासिङ्टन – समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीलाई आग्रह गरेको छ। इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले यस्तो आग्रह गरेको बताइएको छ।

नयाँ निर्वाचनको माग गर्दै इराकमा केही दिनदेखि आन्दोलन चलिरहेको छ। सो आन्दोलन हिंसात्मक भएकाले प्रहरी कारबाहीमा प्रदर्शनकारीको ज्यान पनि गएको छ।

इराकी नागरिकले निर्वाचनको माग गरेर आन्दोलन गरेकाले आन्दोलनकारीको माग पूरा गर्न समय अगावै आमनिर्वाचन गर्न अमेरिकाले आग्रह गरेको छ। आइतबार प्रकाशन गरिएको विज्ञप्तिमार्फत अमेरिकाले यस्तो आग्रह गरेको हो।

नयाँ निर्वाचनबाट हिंसा रोकिने भन्दै हिंसात्मक गतिविधिको नियन्त्रणका लागि पनि निर्वाचन आवश्यक रहेको अमेरिकाको माग रहेको छ। निर्वाचनमार्फत आन्दोलनकारीको माग पूरा गरी शान्तिपूर्ण राजनीतिक व्यवस्थापन गर्न अमेरिकाले माग गरेको हो।

इराकमा संसद्को नयाँ निर्वाचनका लागि कैयौं दिनदेखि आन्दोलन जारी रहेको छ। प्रदर्शनकारीले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन्।

‘इराकका राष्ट्रपति बरहाम सालेहले यसअघि गरेको प्रतिबद्धता पूरा गर्न पनि अमेरिका माग गर्दछ,’ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ।

‘इराकी आन्दोलनका क्रममा आन्दोलनकारी, नागरिक समाजका व्यक्ति, शान्तिपूर्ण रूपमा आफ्नो माग राख्ने व्यक्ति, सञ्चारमाध्यम तथा नागरिक अधिकारकर्मीमाथि भइरहेको निरन्तरको आक्रमणप्रति पनि अमेरिका गम्भीर भएको छ,’ सो विज्ञप्तिमा भनिएको छ।

यसैगरी सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा इन्टरनेटमा लगाएको प्रतिबन्धको घटनाको पनि अमेरिकाले निकै नजिकबाट नियालिरहेको सो विज्ञप्तिमा बताइएको छ।

इराकका राजनीतिक दलहरुबीचमा राष्ट्रिय सहमतिको निर्माण गर्न सकेमा हाल जारी रहेको आन्दोलनको अन्त्य हुन सक्ने भन्दै यसका माध्यमबाट निर्वाचनको प्रक्रियामा जान अमेरिकाले आग्रह गरेको हो।

इराकी संसद्को मानवअधिकारसम्बन्धी समितिले पछिल्लो आन्दोलनमा कम्तीमा पनि तीन सय १९ जना नागरिकको ज्यान गएको जनाएको छ। उक्त समितिले आन्दोलनका क्रममा भएको यो हिंसाको अन्त्यका लागि सरकारसँग आग्रह पनि गरेको छ।

इराकमा संसद्को नयाँ निर्वाचनका लागि कैयौं दिनदेखि आन्दोलन जारी रहेको छ। प्रदर्शनकारीले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App