२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पराग जैन रअको नयाँ प्रमुखमा

भारत सरकारले अनुसन्धान तथा विश्लेषण विङ (रिसर्च एण्ड एनालिसिस विङ, रअ) को नयाँ प्रमुखमा पराग जैनलाई नियुक्ति गरेको छ। उनलाई दुई वर्षको लागि नियुक्ति गरेको हो। उनले आउँदो जुलाई १ बाट कार्यभार सम्हाल्ने छन्। 

पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी जैन हाल एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख छन्। उनले पाकिस्तानमा भएको ‘अपरेशन सिन्दूर’का क्रममा महत्वपूर्ण गुप्तचर समन्वयको नेतृत्व गरेका थिए। उनी रवि सिन्हाको स्थानमा रअ प्रमुख बन्न लागेका हुन्, जसको कार्यकाल जुन ३० मा समाप्त हुँदैछ।

यसपटक सिन्हालाई दुई वर्षमै घर पठाइएको छ। सरकारले चाहेमा थप दुई वर्ष थप गर्न सक्थ्यो। पराग जैनलाई एक शान्त तर तीक्ष्ण सोच भएका रणनीतिक गुप्तचर अधिकारीका रूपमा चिनिन्छ। उनले भारतको आन्तरिक र बाह्य गुप्तचर संस्था, आईबी र रअ दुवैमा लामो समय बिताएका छन्। उनले क्यानाडा र श्रीलंकामा समेत कुशलतापूर्वक काम गरेका कारण भारत सरकारले रअको प्रमुख बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रअको नेतृत्व सम्हाल्न लागेका पराग जैनको विशेषज्ञता पाकिस्तान र चीनसँग सम्बन्धित रणनीतिक योजनाहरूमा रहेको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित: १५ असार २०८२ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App