१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिच सडकमा महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका भाजपा नेता खोज्दै प्रहरी

भारत मध्य प्रदेश, मन्दसौरका भारतीय जनता पार्टी (भाजपा) का नेता मनोहरलाल धाकडको दुई मिनेट लामो एक आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि कारबाही सुरु गरिएको छ। 

भाइरल भिडियोमा उनी दिल्ली–मुम्बई एक्सप्रेसवेमामा एक महिलासँग आपत्तिजनक अवस्थामा देखिएका छन्। भिडियोमा उनको नाममा दर्ता भएको (एम.पी १४ सि.सि. ४७८२) नम्बरको कार स्पष्ट देखिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना १३ मेमा एक्सप्रेसवेको सीसीटीभी क्यामेरामा रेकर्ड भएको थियो।

मन्दसौरको भानपुरा प्रहरीले धाकड र भिडियोमा देखिएकी महिलाविरुद्ध सार्वजनिक स्थानमा अश्लीलता फैलाएकोसहित विभिन्न धारामा एफआईआर दर्ता गरेको जानकारी दिएकाे छ। भानपुरा प्रहरीले मनोहरलाल फरार रहेको र उनको मोबाइल बन्द भएको पुष्टि गरेकाे छ। प्रहरीले भिडियोको आधारमा दुवै अभियुक्तलाई चाँडै पक्राउ गरी अदालतमा पेश गर्ने तयारी गरेको छ।

धाकड भाजपा नेता भए पनि भिडियाेपछि मन्दसौरका भाजपा जिल्ला अध्यक्ष राजेश दीक्षितले उनी पार्टीको प्राथमिक सदस्य नभएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘धाकड बानी गाउँका हुन्, तर उनी भाजपाको प्राथमिक सदस्य होइनन्। उनकी श्रीमती सोहन बाई मन्दसौर जिल्ला पञ्चायतको वडा नम्बर ८ बाट निर्वाचित सदस्य हुन्।’ 

भिडियो भाइरल भएपछि धाकड महासभा युवा संघले मनोहरलाललाई राष्ट्रिय मन्त्री पदबाट तत्काल हटाएको जानकारी दिएको छ। सामाजिक स्तरमा पनि उनको कडा आलोचना भइरहेको छ। मन्दसौर कांग्रेसले यो घटनालाई लिएर भाजपामाथि आक्रमण गरेको छ। मनोहरलालकी श्रीमती जिल्ला पञ्चायत सदस्य हुन्। भिडियो भाइरल भएपछि पार्टी कार्यक्रमबाट टाढा रहेकी छिन्। एजेन्सी

प्रकाशित: ११ जेष्ठ २०८२ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App