१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:५१ पूर्वाह्न
अन्तर्राष्ट्रिय

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, थाइल्याण्ड र भारतमा पनि धक्का

शुक्रबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले छिमेकी थाइल्याण्डको राजधानी बैंककसम्म ठूलो प्रभाव पारेको छ। भूकम्पको केन्द्रबिन्दु म्यानमारको माण्डले नजिकैको सागाइङ क्षेत्रबाट १६ किलोमिटर उत्तरपश्चिममा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पुष्टि गरेको छ।

भूकम्पको कम्पन यति शक्तिशाली थियो कि थाइल्याण्डको राजधानी बैंककमा भवनहरू हल्लिए। बैंककमा धेरैजसो अग्ला फ्ल्याटहरूमा बस्छन्। मध्य बैंककमा डराएका बासिन्दाहरूलाई सिँढीमार्फत तल ओर्लिए। केही मिनेटसम्म सडकमा जम्मा भएका मानिसहरू मध्यान्हको घामबाट छायाँ खोजिरहेका थिए।

‘मैले यो सुनेँ, घरमा सुतिरहेको थिएँ। म मेरो जुराफ लगाएर सकेसम्म भवनबाट बाहिर दौडेँ,’ उत्तरी थाइल्याण्डको लोकप्रिय पर्यटकीय सहर चियाङ माईका बासिन्दा डुआङजाईले भने। चियाङ माई र मध्य थाइल्याण्डमा पनि भूकम्पको झट्का स्पष्ट रूपमा महसुस भएको थियो। कम्पनले अग्ला भवनहरूमा रहेका पोखरीहरूबाट पानी बगेको थियो। 

हाल गृहयुद्धको चपेटामा रहेको म्यानमारबाट क्षति वा हताहतको तत्काल कुनै जानकारी आएको छैन। थाइल्याण्डमा पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ, तर बैंककको एउटा निर्माणस्थल भत्किएको र उद्धार कार्य जारी रहेको एक अपुष्ट खबर प्राप्त भएको छ। भूकम्पको धक्का भारतको कोलकाता, मेघालयसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

प्रकाशित: १५ चैत्र २०८१ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App