२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासले आज ९ महिनाका बच्चासहित ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्दै

प्यालेस्टिनी लडाकू संगठन हमासले आज (बिहीबार) चार इजरायली बन्धकहरूको शव फिर्ता गर्ने भएको छ। यी चार शवमध्ये तीन जना बिबास परिवारका दुई सन्तान, केफिर र एरियल र उनीहरूकी आमा शिरीकाका छन्। अक्टोबर ७, २०२३ मा जब केफिर र एरियललाई बन्धक बनाइएको थियो, त्यतिबेला उनीहरू नौ महिना र चार वर्षका थिए। अर्का बन्धकको बारेमा अझै कुनै जानकारी गराइएको छैन।

दुई पक्षका वार्ताकार अल-हय्याले हमासले बिहीबार चार शव हस्तान्तरण गर्न सहमति जनाएको बताए। उनले भने. 'जसमा बिबास परिवारका शव पनि समावेश छन्। बच्चाहरूको बुबा, यार्डेन, यस महिनाको सुरुमा रिहा भएका थिए। यसबाहेक, हमासले शनिबार ६ जना बन्धकहरूलाई रिहा गर्ने छ। यो पहिले तोकिएको संख्याको दोब्बर हो।'

शनिबार रिहा हुने बन्धकहरूको बदलामा इजरायलले गत अक्टोबरदेखि पक्राउ परेका १९ वर्षमुनिका सबै महिला र प्यालेस्टिनीहरूलाई रिहा गर्ने छ। यसका साथै इजिप्टले सीमा हुँदै गाजामा भग्नावशेष हटाउने मेसिनहरू लैजान अनुमति दिनेछ।

केफिरलाई बन्दी बनाइँदा उनी केबल ९ महिनाका थिए। त्यतिबेला उनी हमासद्वारा बन्धक बनाइएका सबैभन्दा कान्छा व्यक्ति थिए। हमासले नोभेम्बर २०२३ मा दाबी गरेको थियो कि शिरी र उनका दुई बच्चाहरू इजरायली बम विस्फोटमा मारिएका थिए।

त्यसपछि हमासले एउटा भिडियो जारी गर्‍यो जसमा यार्डेन बिबासले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई आफ्नो परिवारका सदस्यहरूको मृत्युको लागि दोष लगाइरहेका थिए। यद्यपि, इजरायलले हमासको यो दाबीलाई कहिल्यै स्वीकार गरेन।

एक इजरायली अधिकारीले रोयटर्सलाई बताएअनुसार मृतक बन्धकहरूको नाम घोषणा गर्नुअघि इजरायलमा पहिचान गरिनेछ।

जनवरी १९ मा इजरायल र हमासले बन्धकहरूको रिहाइको लागि युद्धविराममा हस्ताक्षर गरेका थिए। बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ। पहिलो चरण अन्तर्गत ३३ जना इजरायली बन्धकहरूलाई रिहा गरिनेछ। यी मध्ये ११०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना बन्धकहरूलाई रिहा गरिएको छ। इजरायलले बाँकी १४ मध्ये आठ जनाको मृत्यु भएको बताएको छ।

गत महिना लागू भएको युद्धविराम सम्झौता अन्तर्गत बन्धक बनाइएका र प्यालेस्टिनी कैदीहरू छ पटक साटासाट भइसकेका छन्। एजेन्सी

प्रकाशित: ८ फाल्गुन २०८१ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App