हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेले साहित्यकार बद्री ढकाल ‘हिरामणि’ को लघुकथसंग्रह ‘मुकुर’ को लाेकार्पण गरेकाे छ।
साहित्यकार डा. पुष्करनाथ रिजालकाे अध्यक्षता र प्राज्ञ सभा सदस्य साहित्यकार महानन्द ढकालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि लघुकथाकार बद्री ढकाल ‘हिरामणि’, कृतिकारकी आमा खिमादेवी ढकाल, सासू कोपिला गैरे, प्राज्ञ शशीराम कार्की, कृतिकार दम्पती, डा. हरि तिमिल्सिना र प्रमोद सुवेदीले कृतिको लाेकार्पण गरेका थिए।
कार्यक्रममा देवकी निरौलाले स्वागत मन्तव्य राखेकी थिइन् भने अतिथि वर्गलाई खादा, माला अर्पण चन्द्रावती अधिकारीले गरेकी थिइन्।

आयोजक संस्थाका सचिव केशव शाहीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा साहित्यकार सागर गैरेले कृतिमाथि व्यक्तित्व चर्चा गरेका थिए।
समीक्षकद्वय डा. हरिप्रसाद तिमिल्सिना र प्रमोद सुवेदीले लाेकार्पित कृतिको साहित्यिक मूल्य र समकालीन सान्दर्भिकतामाथि समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा जितबहादुर शाह, छविलाल खड्का र चन्द्र पंगालीले पाठक प्रतिक्रिया राखेका थिए।

उक्त कार्यक्रममा पूर्व प्रदेश कृषि मन्त्री आरती पौडेल, स्रष्टा किरण आचार्य, कल्पना पौडेल ‘जिज्ञासु’, विष्णु पादुका, सुमित्रा न्यौपाने, कपिल अन्जान, डा. विष्णु केसी, डा. जगतबहादुर क्षत्री लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २० पुस २०८२ ०७:४६ आइतबार





