१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रामजन्मभूमि मन्दिरका मुख्य पुजारीको निधन

भारत, अयोध्यास्थित रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको बुधबार निधन भएको छ। ८५ वर्षीय महन्त दासलाई फेब्रुअरी ३ मा ब्रेन स्ट्रोक भएको थियो। त्यसपछि उनलाई लखनऊको सञ्जय गान्धी चिकित्सा विज्ञान संस्थानमा भर्ना गरिएको थियो।

गत हप्ता मात्र, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। मुख्यमन्त्री योगी आदित्यनाथले एक्समा लेखेका छन्, 'भगवान रामका परम भक्त तथा श्री रामजन्मभूमि मन्दिर, श्री अयोध्या धामका मुख्य पुजारी आचार्य श्री सत्येन्द्र कुमार दास जी महाराजको निधन अत्यन्तै दुःखद र आध्यात्मिक जगतको लागि अपूरणीय क्षति हो।'

डिसेम्बर ६, १९९२ मा बाबरी मस्जिद भत्काउँदा सत्येन्द्र दास मन्दिरका पुजारी थिए। मस्जिद भत्काउनुअघि महन्त दासले मूर्तिहरूलाई नजिकैको मन्दिरमा सारेका थिए। मस्जिद भत्काइएपछि उनले त्यहाँ बनाइएको अस्थायी मन्दिरमा मूर्ति राखेका थिए।

प्रकाशित: ३० माघ २०८१ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App