२५ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

भारतको आन्ध्र प्रदेशस्थित श्री तिरुपति मन्दिरमा रहेको वैकुण्ठद्वार दर्शन टिकट काउन्टर नजिक बुधबार राति ९ः३० बजे भागदौड मच्चिएको थियो। सो क्रममा एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

शुक्रबारदेखि सुरु हुने १० दिने विशेष वैकुण्ठद्वार दर्शनका लागि टिकट वितरण भइरहेको थियो। मन्दिर समितिले ९१ काउन्टर खोलेको थियो। करिब चार हजारको भिड थियो।

यसैबीच लाइनमा उभिएकी एक महिला बेहोस भइन् र उनलाई उपचारका लागि गेट खोलेर बाहिर निकालिएको थियो। यसै क्रममा मानिसहरू भित्र पस्न थाले र भागदौड जस्तो अवस्था सिर्जना भयो। जसमा ती बिरामी महिलासहित ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

एक दिनअघि मंगलबार तिरुमाला तिरुपति देवस्थानम (टीटीडी) का कार्यकारी अधिकृत जे श्यामला रावले वैकुण्ठ एकादशीमा जनवरी १० देखि १९ सम्म दर्शनका लागि वैकुण्ठद्वार खोल्ने बताएका थिए। बिहान ४.३० बजेबाट प्रोटोकल दर्शन सुरु हुनेछ। त्यसपछि ८ बजेबाट सर्व दर्शन सुरु हुनेछ। त्यसका लागि मानिसहरू टोकन लिन लाइनमा बसेका थिए। यी १० दिनमा करिब ७ लाख भक्तजन आउने सम्भावना रहेको भारतीय मिडियाहरूले जनाएका छन्।

प्रकाशित: २५ पुस २०८१ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App