चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको भूकम्पले ठूलो मानविय क्षति भएको छ।
आज बिहान गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको सिन्हवाले जानकारी दिएको छ। क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृधत गर्दै ३८ जना घाइते भएको जनाएको छ। केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको समाचारमा उल्लेख छ।
१० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश र भुटानसम्म महसुस गरिएको थियो ।
प्रकाशित: २३ पुस २०८१ १०:४५ मंगलबार