२० पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, विमान कम्पनीले के भन्यो?

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको क्रममा दुर्घटनामा परेको विमान दुर्घटनामा परेका दुई जनाबाहेक सबैको ज्यान गएको बताइएको छ। 

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले अधिकारीहरुलाई उदृधत गर्दै जेजु एयरको उडानमा रहेका १८१ जनामध्ये दुई जना बाहेक सबैको मृत्यु भएको आशंका गरिएको भनेको छ।  

उद्धार टोलीले अझै पनि विमानको भग्नावशेष खोजी गरिरहेको छ, जहाँ थप शवहरू फेला पर्ने विश्वास गरिएको छ। बीबीसीका अनुसार ९६ जनाको मृत्यु पुष्टि भएको छ। एक यात्रु र एक चालक दलका सदस्यलाई उद्धार गरेर नजिकैको अस्पतालमा पठाइएको छ। उक्त विमान स्थानीय समयअनुसार बिहान नौ बजेतिर दुर्घटनामा परेको थियो। विमान पर्खालमा ठोक्किएर बम जस्तो आवाज सुनेको स्थानीयले बताएका छन्।  

यसबीच विमान दुर्घटनाको लागि कम्पनीले माफी मागेको छ। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाको सम्बन्धमा वायुसेवा कम्पनी जेजु एयरलाइन्सले जनतासँग माफी मागेको हो। 

जेजु एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत किम आई–बाएले विज्ञप्ति जारी गर्दै भनेको छन्, ‘मुआन विमानस्थलमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति हामी शिर झुकाएर माफी माग्न चाहन्छौँ।’ कम्पनीले भनेको छ, ‘हामी घटनाका सम्बन्धमा जे सम्भव हुन्छ त्यो गर्छौँ, दुर्घटनाप्रति हामीलाई खेद छ।’ 

प्रकाशित: १४ पुस २०८१ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App