दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै महाकाली लोकमार्ग खलङ्गा–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भीरमा सडक अवरुद्ध भएपछि स्थानीयलाई आवतजावतमा सास्ती भएको छ।
गत पुस १५ गते देखि अवरुद्ध भएको लोकमार्ग पाँच दिनसम्म सुचारु नहुँदा आवतजावतमा सास्ती भएको हो। यो क्षेत्रमा सडक विस्तारको काम चलेको छ।
तस्बिरः नरेन्द्रसिह कार्की/रासस
प्रकाशित: २० पुस २०८१ १६:०७ शनिबार