गृहमन्त्री रमेश लेखकले आफ्नो भुमिको रक्षा गर्नको लागि सरकार कटिवद्ध रहेको बताएका छन्।
साेमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
उनले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भारतीय नागरिकले भोगचलन गरिरहेको कुरामा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताए। उनले नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेकोबारे सरकार जानकार र गम्भीर रहेको बताए।
कञ्चनपुस्थित नेपाल–भारत सीमानाकामा सीमास्तम्भ पनि राख्नुपर्ने भएको कारणले कुटनीतिक छलफलबाट समस्याको समाधान गरिने उनले बताए। उनले सीमास्तम्भ राख्नको लागि सरकारका कुटनीतिक संयन्त्रहरुलाई जानकारी गराइसकेको बताए।
प्रकाशित: २२ पुस २०८१ १७:०८ सोमबार