दक्षिण कोरियामा ७ दिने राष्ट्रिय शोक, सबै एयरलाइन्सको छानबिन आदेश
विमानमा सवार १८१ जना यात्रुमध्ये १७९ जनाको मृत्यु भएको छ।
विमानमा सवार १८१ जना यात्रुमध्ये १७९ जनाको मृत्यु भएको छ।
दुखद घटनाले दक्षिण कोरियाली समुदायमा गहिरो शोक छाएको छ। उनीहरूसँग आफ्ना प्रियजनहरूको अकस्मातको निधनलाई स्वीकार गर्नुबाहेक अर्को कुनै विकल्प छैन।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको क्रममा दुर्घटनामा परेको विमान दुर्घटनामा परेका दुई जनाबाहेक सबैको ज्यान गएको बताइएको छ।
हालसम्म दुई जनालाई जीवित उद्धार गरिएको छ, तर उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने देखिएको छ।
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।