२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तराधिकारीको चर्चाबीच दलाई लामा भन्छन् : म ११० वर्षसम्म बाँच्नेछु

तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरसँगै उनको उत्तराधिकारी को हुने भन्ने बहस सबैतिर चलिरहेको छ। 

यी चिन्ताकाबीच ८९ वर्षीय लामाले आफ्नो स्वास्थ्यबारे कुनै पीर नलिन आग्रह गर्दै भनेका छन्, ‘म ११० वर्षसम्म बाँच्नेछु।’

यस वर्षको जुनमा उनलाई घुँडाको शल्यक्रियाका लागि न्यूयोर्क लगिएको थियो । त्यसपछि उनका उत्तराधिकारीबारे चर्चा सुरु भएको हो। तर दलाई लामाले आफ्नो स्वास्थ्यको बारेमा चिन्ता नलिन स्पष्ट गरेका छन्। 

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा उनले आफू ११० वर्षसम्म बाँच्ने सपना देखेको बताएका हुन्। उनले आफ्नो घुँडा पनि निको भैरहेको जानकारी दिँदै भन्दै यसलाई गम्भीर समस्याका रुपमा नलिन भनेका छन्। 

१४ औं दलाई लामाले सन् १९५९ मा आफ्ना हजारौं तिब्बती अनुयायीहरूसँगै भारतमा शरण लिएका थिए। चीनले उनको उत्तराधिकारी छान्ने दाबी गरिरहेको छ। तर उनले आफ्नो उत्तराधिकारी भारतमै छान्न सकिने बताउँदै आएका छन्। उनी चीनले कसैलाई आफ्नो उत्तराधिकारी चुनेमा त्यसलाई सम्मान नगर्ने चेतावनी दिदैँ आएका छन्। 

प्रकाशित: ९ पुस २०८१ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App