१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिक्रीमा मृत्युशैया

बेलायतमा यतिबेला आत्महत्यामा सघाउने कानुन बनाउने विषयमा निकै ठूलो चर्चा चलिरहेको छ। केही सांसद यसको पक्षमा देखिएका छन्। यदि यो विधेयक संसद्बाट पारित भयो भने बेलायतमा ‘असिस्टेड डेथ’ अथवा असाध्य रोग लागेकाहरूले आत्महत्या रोज्न सक्नेछन्।  

यसै विषयलाई मध्यनजर गर्दै केही व्यापारीले भने मृत्युशैया बनाएर बिक्रीका लागि तयार गर्न थालेका छन्। यसलाई उनीहरूले ‘डेथ पड’ नामकरण गरेका छन्। यसमा मृत्यु रोज्नेहरू बन्द कोक्रोभित्र छिर्छन्। यसमा भएको एउटा स्वीच थिच्यो भने मात्र यसमा रहेका ससाना प्वालहरूबाट निस्कने घातक ग्यासका कारण इच्छामृत्युको कामना गर्नेहरूले बिना कुनै पीडा मृत्युवरण गर्न सक्ने छन् ।

बेलायती सांसद किम लिडबेटरले हालै इच्छामृत्युको विधेयक दर्ता गरेकी छन्। दर्तालगत्तै ७७ वर्षीय डा. फिलिप निच्केले आफूले तत्काल नमूना मृत्युशैया उपलब्ध गराउने बताएका छन्। उनले हालै आफूले बनाएको ‘डेथ पड’ प्रदर्शनसमेत गरेका छन्।  

स्वीट्जरल्यान्डमा मृत्यु माग्न जानेहरूलाई अस्ट्रेलियाका वैज्ञानिक फिलिपले लामो समयदेखि यस्तो पडको सुविधा दिइरहेका छन्। यो पडमा झ्यालहरू पनि भएकाले इच्छामृत्युको कामना गर्नेहरूले वरिपरि आफन्तलाई अन्तिम समय हेर्दै मृत्युवरण गर्न सक्ने सुविधा छ ।

इच्छामृत्युको कामना गर्नेहरूमध्ये केहीलाई सुई खोपाउन डर लाग्ने गरेको छ। केहीले रक्सीमा विष पनि घोलेर खान्छन्। तर यी दुवै कुरामा डर मान्नेहरूका लागि यो ‘डेथ पड’ निकै उपयोगी हुने डा.फिलिपको भनाइ छ।  

प्रकाशित: १२ मंसिर २०८१ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App