१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्री जस्टिनविरुद्धको अविश्वास प्रस्ताव पारति हुन सकेन

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आफूविरुद्धको अविश्वास प्रस्तावलाई असफल गराएका छन्।

क्यानडाको संसदमा बहस पछि ल्याइएको अविश्वास प्रस्तावलाई १२० मतले असफल गराएका हुन्। संसदमा रहेको २११ सांसदमध्ये १२० जनाले अविश्वास प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

विपक्षी कन्जर्भेटिभ सांसदहरूले दोहोर्याएर अविश्वासको प्रस्ताव ल्याउने घोषणा गरेका छन्।

कन्जर्भेटिभ सांसदहरूले ट्रूडोको सरकारमाथि बढ्दो महँगी, हाउजिङ्ग संकट र अनियन्त्रित अपराधलाई नियन्त्रण गर्नमा असफल रहेको आरोप लगाएका छन्। 

प्रकाशित: १० आश्विन २०८१ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App