२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सत्तारुढ दललाई बदनाम गरेपछि विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा विपक्षी दलका नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ।

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताएका थिए। हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका थिए।

हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए।

नोमपेन म्युनिसिपल कोर्टले बिहीवार भ्यानोललाई ‘सार्वजनिक मानहानीको दोषी’ ठहर गर्दै वादी सीपीपीलाई ६ अर्ब रियल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको हो।

उनलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ।

फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित थिएनन्।

यसअघि निर्वाचन आयोगले सत्तारुढ दल सीपीपीको पक्षमा उभिएको दावी गरेपछि सन् २०२२ मा क्यान्डललाइट पार्टीका उपनेता सोन छायाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो । उनलाई सत्तारुढ दललाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र राज्यलाई चार हजार २५० डलर जरिवाना तिर्न आदेश दिइएको थियो। रासस

प्रकाशित: ११ श्रावण २०८१ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App