२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दादुराका कारण छ महिनामा एक सयभन्दा बढीको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण एक सभयन्दा बढीको मृत्यु भएको बताएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जना दादुराका कारण प्रभावित भएका थिए। जसमा १ सय ६० जनाको मृत्यु भएको छ। यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन्।

अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता विषय रोग र मृत्युको कारक रहेको पनि प्रतिवेदनमा भनिएको छ। रासस

प्रकाशित: ३० असार २०८१ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App