२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

९ महिनामा गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित

संयुक्त राष्ट्रसङ्घले युद्धका कारण गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको बताएको छ।

पछिल्लो नौ महिनादेखि जारी इजरायली आक्रमणका कारण गाजा पट्टीको ९० जनसङ्ख्या  विस्थापित भएको राष्ट्रसङ्घीय अधिकारीहरूले पुष्टि गरेका छन्।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसङ्ख्या २१ लाख रहेको अनुमान गरिएको बताए।

यस समयमा, गाजा पट्टीमा प्रत्येक दसमध्ये नौ जना कम्तिमा एक पटक आन्तरिकरूपमा विस्थापित भएको उनले बताए।

उनले सन् २०२३ अक्टोबरदेखि ३८ हजारले ज्यान गुमाएको जानकारी दिए।

उनका अनुसार ११ लाख नागरिकले गाजा पट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेका छन्।

राष्ट्रसङ्घका अधिकारीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनुस खाली गर्ने इजराइली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको सङ्ख्यामा जोडिनु आवश्यक नभएको बताए।

मध्यपूर्वका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले करिब दुई लाख ५० हजार प्यालेस्टिनीे खान युनुसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ। रासस

प्रकाशित: २१ असार २०८१ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App