१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

मन्त्री बादी र मेहताबीच भेटवार्ता : मन्त्रालयसँगको समन्वय र सहकार्यकाे विषयमा छलफल

लक्षित समुदायको हकहितमा काम गर्ने

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच भेटवार्ता भएको छ।  

भेटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

मन्त्री बादीले लक्षित समुदायको हकहित, संरक्षण र सशक्तीकरणका लागि सम्बन्धित निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।  

प्रकाशित: १ जेष्ठ २०८३ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App