भारतमा एकपटक फेरि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सत्ता सम्हाल्दै छन्। भारतको इतिहासमा मोदी जवाहर लाल नेहरु पछिको दोस्रो व्यक्ति हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीको पदभार सम्हाल्ने छन्।
भारतको १६ औँ प्रधानमन्त्रीको रुपमा मोदीले आइतवार साँझ राष्ट्रपति भवनमा भव्य समारोहका बीच शपथग्रहण गर्नेछन् र मन्त्रिमण्डल पनि विस्तार गर्नेछन्।
तेस्रो कार्यकालका लागि मोदीले निर्वाचनमा जित हासिल गरपनि आफ्नो दल भाजपालाई बहुमत भने दिलाउन सकेनन् । बहुमत नहुँदा मोदीको नेतृत्त्वमा रहेको गठबन्धन सरकारलाई सहज भने हुने छैन। तर, मोदीको जितका साथै उनको तेस्रो कार्यकालका लागि भने विश्वका विभिन्न मुलुकबाट उनलाई बधाई र शुभकामना दिने क्रम जारी छ।
अरुभन्दा पनि पछिल्लो २ कार्यकालमा भाजपाले ल्याएको एक्लो बहुमत यसपटक पनि जारी रहने विश्वको नजर थियो। तर, भाजपाले यसपटक भने एक्लैले बहुमत हासिल गर्न सकेन। उसको अगुवाईमा रहेको राष्ट्रिय जनतान्त्रिक दल (एनडीए) ले बहुमत हासिल गरेको छ। जसका कारण मोदीले गठबन्धनसहितको सरकार गठन गर्ने भएका छन्।
यस अवस्थामा प्रधानमन्त्री मोदीले निर्णायक तरिकाबाट राष्ट्रिय र अन्तराष्ट्रिय नीतिलाई कसरी निर्धारण गर्छन् भन्ने मुख्य प्रश्न बनेको छ। भारतमा सम्पन्न निर्वाचनको नतिजालाई लिएर विश्व विशेषगरी छिमेकी मुुलुक र अमेरिकाले कसरी लिइरहेका छन् र यसले अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्नेबारे हेर्न बाँकी छ।
लामो समयदेखि थन्किएका मुद्दामा नेपाल आशावादी
भनिन्छ यदि दिल्लीमा पानी पर्यो भने नेपालमा छाता खोलिन्छ। त्यहि कारण होला भारतमा हुने गरेको लोकसभा निर्वाचनलाई नेपालमा पनि निकै उत्सुकताका साथ लिइन्छ।
हुन त दिल्लीमा कसैको पनि सत्ता आए दुबै देश बीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा खासै प्रभाव पर्दैन। र, भारतीय आम चुनावमा जुन नतिजा आएको छ त्यसले दुबै देशको सम्बन्धमा ठूलो परिवर्तन आउने सम्भावना देखिँदैन।
भारतमा हिन्दुत्वको एजेन्डासँग जोडिएको पार्टी सत्तामा भएका कारण नेपालमा पनि हिन्दू राज्यको पुरानो विरासतलाई पुनर्स्थापित गर्नमा चाहना राख्ने समूह उत्साहित छन्। यसबारेमा भाजपा वा मोदीले खुलेरै केही नभने पनि सङ्केत त्यहि दिन्छ।
उसो त दिल्लीमा बन्ने नयाँ सरकारसमक्ष सबैभन्दा नजिक मानिएको छिमेकी मुलुकसँगको सम्बन्ध सुधार्न र सुदृढ गर्ने एउटा लामो लिस्ट छ।
पछिल्लो केही समयदेखि भारत–नेपाल सम्बन्ध घडीको पेन्डुलम जस्तै सङ्कटको एक कुनाबाट अर्को कुनामा गइरहेको छ।
२०१४ मा पहिलोपटक सत्तामा मोदी आएपछि आफ्नो द्विपक्षीय विदेश यात्रा नेपालमा गरेका थिए। सन् २०१५ नेपालमा आएको महाभूकम्पमा भारतले तत्कालै सहयोग गर्दै सम्बन्ध थप बलियो र सुदृढ भएको थियो। तर, त्यसै वर्ष जब नेपालको नयाँ संविधान जारी गरियो अनि भारतको तर्फबाट अघोषित रुपले सीमा क्षेत्रमा नाकाबन्दी भयो। पछि २०२० मा सीमाको नक्सालाई लिएर पनि दुबै देशबीच सुरु भयो जुन तनाव हालसम्म पनि पूर्ण रुपले अन्त्य भइसकेको छैन।
त्यसबाहेक दुबै देशबीच मैत्री सन्धीमा परिवर्तनको मुद्दा र सेनामा अग्निवीरको योजनाका कारण भारतीय सेनामा गोरखा सैनिकको रुकेको भर्ना, बढ्दो व्यापार घाटा र ठप्प हवाई मार्ग जस्ता विभिन्न मुद्दा छन्। जसले दुबै देशबीचको सम्बन्धमा तिक्तता उत्पन्न गर्ने काम गरेको छ।
नेपालको राष्ट्र बैँकमा अझै पनि पाँच करोड मूल्य बराबरको पुरानो भारतीय रुपैयाँ थन्केको छ। जसलाई २०१६ मा भएको नोटबन्दी पछि भारतले लिन अस्विकार गरिदिएको थियो।
पाकिस्तानको प्रतिक्रिया
भारतको निर्वाचनमा प्रधानमन्त्री मोदीको भाजपालाई जित हासिल भएकोमा पाकिस्तानले खासै ठूलो प्रतिक्रिया दिइसकेको छैन। तर, भारतलाई नजिकबाट नियालिरहनेहरू भाजपालाई चुनावमा हासिल भएको सिट निकै कम भएको भन्दै आश्चर्यमा छन्।
पाकिस्तानी नागरिक भारतको आम निर्वाचनप्रति उदासीन हुनुको कारण हो, उनीहरू आफ्नो घरेलु राजनीतिक, आर्थिक र सुरक्षा सङ्कटको चिन्ताबाट ग्रसित छन्। तर, भाजपालाई निर्वाचनमा बहुमत हासिल नभएकोमा उनीहरूपनि आश्चर्यमा छन्।
जुन प्रकारले मोदीले चुनाव प्रचारप्रसारको क्रममा मुस्लिमहरूलाई कथित रुपले लक्षित गरे त्यसले भारतीय मुस्लिमहरूलाई लिएर पाकिस्तानमा चिन्ता देखियो। पाकिस्तानका सर्वसाधारणले भारतमा भाजपा फेरि सत्तामा आउनु भारतीय मुस्लिमहरूका लागि राम्रो नभएको बताउँछन्।
पाकिस्तानका सर्वसाधारणलाई प्रधानमन्त्री मोदीको नेतृत्त्वमा भारत–पाकिस्तान बीचको सम्बन्ध सुध्रिने आशा भने छैन।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मोदीको शासनमा भारतको आर्थिक विकास, विशेषगरी पूर्वाधार निर्माण क्षेत्रमा भएको विकासको प्रशंसा गरेका छन्।
इस्लामाबादमा इन्स्टीच्यूट अफ स्ट्रेटिजिक स्टडीजमा इन्डिया सेन्टरका निर्देशक डा. खुर्रम अब्बासका अनुसार यदि भाजपा तेस्रो पटक सत्तामा आउँछ भने पाकिस्तानलाई पहिलाभन्दा बढी आक्रामक र आत्मविश्वासी भारतको सामना गर्नुपर्ने छ। काश्मीर, गिलगित बालटिस्तान र इन्डस जल सम्झौतामाथि तनाव झन् बढ्न सक्ने उनको भनाइ छ।
उनले भने, ‘भारतमा एक राजनीतिक र रणनीतिक सहमति बनिसकेको छ की, हालको समयमा पाकिस्तानसँग सम्बन्ध सुधार गर्दा आर्थिक वा राजनीतिक लाभ हुँदैन र भारत पाकिस्तानलाई छुट्टै राख्ने नीति अपनाउँछ।’
उनले थपे, ‘भारत बलुच विद्रोही र पाकिस्तान विरोधी चरमपन्थी समूहलाई समर्थन गरिरहन्छ। पाकिस्तानका लागि उसैको क्षेत्रमा उसको नागरिको हत्या भयो जसलाई लिएर भारतमाथि प्रश्न उठाइँदैछ। त्यसकारण पनि भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारको सम्भावना निकै न्यून छ।’
इस्लामाबादका पोलिसी थिङ्क ट्याङ्क इन्स्टीच्यूट अफ रीजनल स्टडीजमा इन्डिया एनालिस्ट मरियम मस्तूरका अनुसार २०१९ मा मोदीले पुलवामा आक्रमणलाई लिएर पाकिस्तान विरोधी भावनामाथि आफ्नो समर्थहरूलाई एक ढिक्का बनाए र आफ्नो राजनीतिक विरोधी कांग्रेस र भारतीय मुस्लिमहरूलाई अपमानित गर्ने काम गरेको पाकिस्तानले आरोप लगायो।
बङ्गलादेशसँगको सम्बन्धमा कस्तो असर ?
भारतमा आम चुनाव बङ्गलादेशका लागि पनि निकै महत्त्वपूर्ण हुन्छ। शेखÞ हसीना नेतृत्त्वमा रहेको आवामी लीगको सरकार २००९ मा जबदेखि सत्तामा आएको छ भारत र बङ्गलादेशबीचको सम्बन्ध निकै बलियो बनेको छ।
२००९ मा भारतमा कांग्रेस सत्तामा थियो। तर, जब नरेन्द्र मोदीको सरकार आयो त्यो समय पनि दुबै देशबीचको सम्बन्ध उत्तिनै बलियो रह्यो। बरु दुबै देशबीच लामो समयदेखि अल्झिएका मुद्दाहरूपनि समाधान भए।
मनमोहन सिंहको सरकारले बङ्गलादेश सरकारसँग विभिन्न सम्झौता गरेका थिए। जसलाई पछि मोदीले निरन्तरा दिए।
शेख हसीनाको आवामी लीग पार्टीले भारतमा पार्टी विशेषभन्दा पनि भारत सरकारसँग सम्बन्ध निर्वाह गर्नमा बढी ध्यान दिने सुरुदेखि नै प्रष्ट पार्दै आएको छ। त्यसैकारण होला, भारतमा जसको सरकार बने पनि शेखÞ हसीना सबैभन्दा विश्वसनीय साथी रहेकी छिन् र हसिनाले पनि भारतलाई विश्वसनीय साथीको रुपमा लिँदै आएकी छिन्।
भारतको सत्तारूढ दलमा बङ्गलादेशसँगको सम्बन्धलाई लिएर नीति परिवर्तन नगर्ने सहमति जस्तै बनेको छ। तर, भारतमा जबदेखि नागरिकता संशोधन कानून ल्याइयो र जुन प्रकारले नरेन्द्र मोदी सरकारको क्रममा मुस्लिमहरूसँग व्यवहार गरियो त्यसले बङ्गलादेशमा थोरै भएपनि असहजता उत्पन्न भयो। किनकी भारतमा भएको कुनैपनि कामको प्रभाव बङ््गलादेशमा पनि पर्छ।
बङ्गलादेश एक मुस्लिम बहुल राष्ट्र हो। मोदी सरकारको क्रममा मुस्लिमहरूप्रति गरिने व्यवहारलाई बङ्गलादेशी नागरिकले आलोचना गर्दै आएका छन्।
पछिल्लो एक दशकदेखि बङ्गलादेशमा भारत विरोधी भावना बढेको छ। कारण, भारतले जसरी बङ्गलादेशको लोकतान्त्रिक प्रक्रियामा भूमिका निर्वाह गर्छ त्यसको कडा आलोचना पनि हुँदै आएको छ।
बङ्गलादेशमा पछिल्लो तीन आम चुनावमा भारतको मोदी सरकारले शेख हसीनाको आवामी लीग पार्टीलाई खुलेर समर्थन जनायो त्यसको बङ्गलादेशमा निकै आलोचना भयो। तर, आगामी दिनमा भारतको आन्तरिक नीतिमा कस्तो परिवर्तन आउँछ त्यसलाई लिएर बङ्गलादेशका नागरिकको नजर रहने छ।
यूएईसँग द्विपक्षीय व्यापार र सांस्कृतिक सम्बन्ध
यूएई र भारत बीचको सम्बन्ध वर्षौ पुरानो र निकै बलियो हो। सरकार जसको भएपनि दुबैबीच व्यापार कायमै रहि आएको छ।
अहिले पनि दुबै देशबीच द्विपक्षीय व्यापारको लक्ष्य १०० अर्ब डलर र ७५ अर्ब डलरको फरेक डायरेक्ट इन्भेस्टमेन्टको लक्ष्य तय छ।
दुबै देशबीच ‘कम्प्रिहेन्सिभ इकोनामिक पार्टनरशिप एग्रिमेन्छ’ तय भएको थियो त्यो सबैभन्दा पहिले ९० दिन भित्र भएको थियो। यस एग्रिमेन्टमा हेल्थ केयर, टेक्नोलोजी, इन्फ्रास्ट्रक्चर र रेन्यूबल एनर्जीमाथि काम गर्न सकिने उल्लेख छ। त्यसबाहेक दुबै देशमा आदान प्रदान पनि निकै धेरै छ। जसमा ज्ञान र सिप, आर्टिफिशियल इन्टेलिजेन्स लगायतका छन्। त्यसकारण पनि दुबै देशमा कुनैपनि सरकार आए दुबै देश बीच द्विपक्षीय व्यापार र सम्बन्ध जस्ताको तस्तै रहने गरेको छ र थप बलियो हुँदै गएको छ।
यूएईमा भारतीय मूलका जनसङ्ख्या अन्य देशको तुलनामा सबैभन्दा धेरै छ। सांस्कृतिक मूल्यमान्यतामा पनि दुबै देशमा निकै समानता छ।
अमेरिकाले कसरी लिँदैछ चुनावी नतिजालाई?
भारतलाई लिएर अमेरिकाको नीति निकै स्पष्ट छ। अमेरिका भारतलाई निकै महत्त्व दिन्छ। विशेषगरी चीनलाई सन्तुलित राख्ने हिसाबले। तर, अमेरिकाका राजनेताहरू मोदीलाई खासै रुचाउँदैनन्। त्यसका बाबजुद अमेरिकी नेताहरू भारतसँगको सम्बन्ध निकै महत्त्वपूर्ण रहेको बताउँछन्।
यदि भारत चीनविरुद्ध पूर्ण रुपले अमेरिकाको साथ दिन तयार हुन्छ भने पश्चिम र अमेरिकाका वैश्विक धाक छ त्यो २१ औँ शताब्दीसम्म रहन्छ। तर, यदि भारत अमेरिकाविरुद्ध भएर चीन–रूससँग मिल्न जान्छ भने पश्चिमी प्रभुत्व यसै शताब्दीमा समाप्त हुनेछ। त्यसकारण भारत अमेरिकाका लागि निकै महत्त्वपूर्ण हो।
पछिल्लो १० वर्षमा विदेशी राष्ट्रलाई मोदीसँग कुनैपनि विषयमा सम्झौता गर्न निकै कठिन भइसकेको थियो। कारण, भारतको विदेश भारतको विदेश नीति निकै आक्रामक बनिसकेको थियो। विशेषगरी विदेशमा विभिन्न समूहमा संलग्नको हत्यालाई लिएर उठेको विवाद। तर, यसपटक मोदी निकै कमजोर भएका कारण अब विदेशी राष्ट्र खुशी हुनेछन्।
गत जुलाईमा मोदी अमेरिका भ्रमणमा जादा उनको अन्तराष्ट्रिय प्रतिष्ठा निकै उच्च थियो। तर, त्यस लगतै अमेरिका र क्यानडामा खालिस्तानिको हत्या पछि भारत सरकार र मोदी सरकारको ओहदमा प्रभाव परेको छ। जसका कारण, विदेशी सम्बन्धमा चिसोपना आएको छ भने अन्तर्राष्ट्रिय स्तरमा भारतको स्थिति कमजÞोर बनेको छ। अर्को तर्फ राहुल गान्धी र शशि थरूर जस्ता नेताको विदेश नीतिमाथि आवाज थप बलियो हुनेछ।
अमेरिकी मिडियाले मोदीले चुनाव जितेपनि अब उनलाई निकै नरम भएर अघि बढ्नु पर्ने हुन्छ।
प्रकाशित: २७ जेष्ठ २०८१ १४:५० आइतबार