२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्रको अपिल : प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

सांसद हर्क साम्पाङले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका थिए। हर्कको यही मागबारे शाहीले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमार्फत उनले भने, 'माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन।'

उनले जनताको मत र जनादेशको सम्मान गर्नुपर्ने बताए। 'याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ,' शाहीले भने।

शाहीले सबै मिलेर देशलाई अगाडि बढाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी भइदिन आग्रह गरे।

'हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्,' उनले भने, 'किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।'

प्रकाशित: १ जेष्ठ २०८३ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App