१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडान भरेको केही क्षणमै विमानको इन्जिनमा आगलागी हुँदा...

क्यान्डाको एक विमानमा उडान भरेको केही समयमै आगलागी भएको घटना सार्वजनिक भएको छ।

क्यानडाको टोरन्टो विमानस्थलबाट पेरिसका लागि उडान भरेको बोइङ्ग ७७७ जेट विमानमा उडानको केही समयमै आगलागी भएको भिडियोहरू सार्वजनिक भएका छन्। यो घटना बुधवारको हो।

क्यानडा सरकारले घटनाबारे जानकारी दिँदै विमानमा ३८९ जना यात्रुसहित चालक दलका १३ जना सकुशल रहेको बताएको छ।

घटना लगतै विमान दलका चालक र क्रुलाई जानकारी गराइएको र तत्काल विमानलाई सकुशल अवतरण गराइएका कारण अप्रिय घटना हुनबाट जोगिएको पनि क्यानडा सरकारले जनाएको छ।

विमानको जाँचको क्रममा विमानको इन्जिनमा आगलागी भएको बुझिएको छ। 

प्रकाशित: २७ जेष्ठ २०८१ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App