१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

विश्वमै पहिलोपटक सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु भएको छ। ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानले सुँगुरको अनुवांशिक रुपले संशोधित मिर्गौला प्रत्यारोपण गरिएको २ महिना पछि मृत्यु भएको हो।

अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालका अनुसार रिचर्ड मिर्गौलाको अन्तिम चरणको रोगबाट ग्रसित थिए।

अस्पतालले एक वक्तव्य जारी गर्दै रिचर्डको मृत्युको कारण मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित नरहेको बताएको छ।

मिर्गौला बाहेक रिचर्ड टाइप–२ डायबिटीज र हाइपरटेन्शनबाट पनि पीडित थिए।

प्रकाशित: ३१ वैशाख २०८१ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App