१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणका लागि मतदान हुँदै

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान हुँदैछ। चौथो चरणको निर्वाचन अन्तर्गत आज १० राज्य र केन्द्र शासित प्रदेशको ९६ सिटका लागि मतदान हुँदैछ।

मतदान अहिले बिहान ७ः१५ बजेबाट सुरु हुँदैछ। चौथो चरण अन्तर्गत आन्ध्र प्रदेशको २५, बिहारको ५, झारखण्डको ४, मध्ये प्रदेशको ८, महाराष्ट्रको ११ सिटका लागि मतदान हुँदैछ। यस्तै ओडिशाको ४, तेलङ्गानाको १७, उत्तर प्रदेशको १३, पश्चिम बङ्गालको ८ र जम्मु काश्मीरको १ सिटकाका लागि मतदान हुन लागेको हो।

चौथो चरणमा १७ करोड ७ लाखभन्दा बढी मतदाताले मतदानमा भाग लिने भारतीय चुनाव आयोगले जनाएको छ। मतदानका लागि १ लाख ९२ हजार मतदान केन्द्र निर्धारण गरिएका छन्।

चौथो चरणको निर्वाचनमा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, अल इनिडया मजलिस ए इत्तेहादुल मुस्लिमीनका प्रमुख असदुद्दिन ओबैसी, महुआ मोइत्रा,  गिरिराज सिंह, भारतीय पूर्व क्रिकेटर युसुफ पठान लगायतका उम्मेदवार मैदानमा छन्।

प्रकाशित: ३१ वैशाख २०८१ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App