५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीएद्वारा इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक

टर्कीएले इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक लगाएको छ।

बीबीसीका अनुसार टर्कीएले गाजामा बिग्रदो मानवीय संकटका लागि इजराइललाई दोषी मान्दै उसँग गर्दै आएको सबै प्रकारको व्यापारमा रोक लगाएको हो।

टर्कीएको व्यापार मन्त्रालयका अनुसार जबसम्म गाजामा बिना कुनै अवरोध पर्याप्त राहत सुनिश्चित गरिँदैन तबसम्म इजराइलसँगको व्यापार बन्द रहने छ।

गत वर्ष दुबै मुलुकबीच करिब ७ अर्ब डलरको व्यापार भएको थियो।

इजराइलका विदेश मन्त्री इजराइल काट्जले भने टर्कीए सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै राष्ट्रपति रेचेप तैय्यप अर्दोआनमाथि तानाशाहको आरोप लगाएका छन्।

प्रकाशित: २१ वैशाख २०८१ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App