१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।

टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो।

विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो। उक्त रकेट केही सेकेन्ड भित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो।

‘पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ’, स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ।’

नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलहरूमा भेला भएका सयौं युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर) ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो।

स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो।

प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो। उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए।

पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो। रासस

प्रकाशित: ३० फाल्गुन २०८० १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App