२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एलन मस्क भन्छन्, ‘म कहिलेकाहीँ अफिसमा सुत्छु’

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा भनेका छन्,‘अर्को सातादेखि ट्वीटरमा रहेको लिगेसी ब्लू टिक्स (पुरानो ब्लू टिक्स) हटछ।’

उनले ट्वीटर कम्पनी आफूले किनेको  मुल्य (४० अर्ब डलर)मा पनि कसैलाई नबेच्ने बताएका छन्।

‘ट्वीटर लिँदा कम्पनीमा ८ हजार कर्मचारीहरु थिए, अहिले १५ सय मात्र छन्’, अन्र्तवार्ताका क्रममा उनी भन्छन्। मस्कले आधा भन्दा बढी जनसंख्याले डोनाल्ड ट्रम्पलाई भोट लिँदा पनि आफू त्यसमा सहभागी नभएको जिकिर गरेका छन्।

उनले आफ्नो दैनिकीबारे बेलिविस्तार लगाउदै भन्छन, ‘म कहिलेकाहीँ अफिसमा सुत्छु। पुस्तकालयको सोफामा एउटा ठाउँ छ जहाँ कोही जाँदैन।’ मस्कले ट्विटरले पारदर्शी र इमान्दार बन्ने लक्ष्य राखेको पनि बताएका छन्।  

ट्वीटरमा समय कस्तो बितिरहेको छ भन्ने बिबिसीको प्रश्नमा एलन भन्छन, ‘यो बोरिङ भएको छैन। यो उतारचढावले भरिएको छ। अहिले चीजहरू राम्ररी गइरहेका छन्।’

उनले केही प्राविधिक समस्याले गर्दा धेरै पटक ट्वीटर ठप्प भएको पनि स्वीकार गरे। मस्कले भने, ‘तर, त्यो लामो समयको लागि थिएन र अब सबै ठीक हुँदैछ।’

प्रकाशित: २९ चैत्र २०७९ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App